२०८३ बैशाख ७ गते , सोमबार

कोरोना सङ्क्रमित भन्दा निको हुने बढे

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १९ गते , शनिबार
कोरोना सङ्क्रमित भन्दा निको हुने बढे

झापा । कोरोना सङ्क्रमित भन्दा निको हुनेहरूको सङ्ख्या बढेको  छ  ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार निको हुनेको सङ्ख्या दुई हजार २७४ जना निको भएका छन् । योसहित  नेपालमा निको हुनेको सङ्ख्या  सात  लाख २३ हजार ४५६ पुगेको छ । 

गत चौबीस घण्टामा थप एक हजार ७५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितभन्दा निको हुने सङ्ख्या ५१८ ले बढेको छ । यही आज थप २३ जना सङ्क्रमितको मृत्यु भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित समाचार