२०८३ बैशाख १० गते , विहीबार

सिटौलाको क्षेत्रमा वडा अधिवेशन : कचनकवलमा सबै निर्विरोध, भद्रपुरको ५ र ७, हल्दिबारीको १ मा निर्वाचन हुने

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १९ गते , शनिबार
सिटौलाको क्षेत्रमा वडा अधिवेशन : कचनकवलमा सबै निर्विरोध, भद्रपुरको ५ र ७, हल्दिबारीको १ मा निर्वाचन हुने
(पार्थ मण्डल) झापा । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र झापा– ३ का सबै वडाहरूमा उनीनिकट कार्यकर्ता वडा सभापतिमा निर्वाचित भएका छन् । 
झापा ३ नम्बर अन्तरगत रहेका भद्रपुर नगरपालिका वडा नम्बर १ देखि ८, कचनकवल गाउँपालिकाका सबै, हल्दिबारीका सबै र बाह्रदशीका वडामा सिटौला पक्षका कार्यकर्ताहरू वडा सभापतिमा निर्वाचित भएका छन् । 
ती पालिका स्तरका एक/दुई वटा वडामा सभापति निर्विरोध चयनमा समस्या देखिएपनि वडा सभापतिका दाबेदारहरू सिटौला पक्षका नै हुन् । भद्रपुर वडा नम्बर ५ र ७ मा वडा सभापति चयन हुन सकेको छैन । सिटौलाका गृह नगरमा वडा सभापतिहरू भद्रपुर १ नम्बर वडामा दधिराम मिश्र निर्विरोध चयन भएका छन् ।
मिश्र पुनः वडा सभापतिमा  दोहोराएका हुन । २ नम्बर वडामा चन्द्रकुमार गिरी (राजु)को निर्विरोध चयन भएका छन् । गिरी पुनः वडा सभापति दोहोराएका हुन । भएका छन् । ३ नम्बर वडामा शमशेर तामाङ मोक्तान, ४ नम्बर वडामा साहुराम आङदेम्वे, ६ नम्बर वडामा महतलाल राजवंशी, ८ नम्बर वडामा रत्नप्रसाद खतिवडा वडा सभापतिमा निर्विरोध चयन भएका छन् । खतिवडा पुनः वडा सभापतिमा दोहोराएका हुन् । 
वडा नम्बर ९ मा चेतनाथ भट्टराई र वडा नम्बर १० मा विष्णु काफ्ले निर्विरोध वडा सभापतिमा चयन भएका छन् । वडा नम्बर ९ र १० झापा निर्वाचन क्षेत्र १ मा पर्छ । १० नम्बरमा क्षेत्रीय प्रतिनिधिको निर्वाचन हुने भएको छ । १२ पदका लागि २२ जनाले क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी दिएको कांग्रेस झापा क्षेत्र १ का सचिव रमेश पोखरेलले जानकारी दिए ।  
एक÷दुई वटा वडाबाहेक अधिकांश वडाहरूमा क्षेत्रीय प्रतिनिधिहरू पनि सर्वसम्मत चयन भइसकेको झापा ३ नम्बर क्षेत्रका क्षेत्रीय सभापति गणेश पोखरेलले जानकारी दिए । वडा नम्बर ५ नम्बर रमेशचन्द्र झा र हरि बस्नेतले वडा सभापतिमा उम्मेदवारी दिएका छन् । झा वर्तमान वडा सभापति हुन, भने बस्नेत सचिव हुन् । वडा सभापतिमा दुई जना र खुला क्षेत्रीय प्रतिनिधिमा १० पदका लागि १५ जना, खस आर्य दुई पदका लागि तीन जनाको उम्मेदवारी परेकोले वडामा निर्वाचन हुने क्षेत्रीय सभापति पोखरेलले बताए । त्यस्तै वडा नम्बर ७ मा वडा सभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ । 
उत्तम कोइराला, आशिष् कोइराला, सन्तोष घिमिरे, मन्दीप पौडेल र नवीन गेलालको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत पङ्कजकुमार शर्माले जानकारी दिए । सर्वसम्मतको प्रयास जारी छ । सर्वसम्मत नभए निर्वाचन प्रक्रियाबाट सभापति चुनिने जनाइएको छ । 
त्यसैगरी कचनकवल गाउँपालिकाका ७ वटै वडामा निर्विरोध वडा सभापतिसहित पदाधिकारी चयन भएको काँग्रेस नेता भूमि राजवंशीले जानकारी दिए । गाउँपालिका १ नम्बर वडामा छवि अधिकारी, २ नम्बर वडामा गङ्गा खतिवडा, ३ नम्बर वडामा तारा प्याकुरेल, ४ नम्बर वडामा मो. हारुण रसिक, ५ नम्बर वडामा कृष्ण गणेश, ६ नम्बर वडामा केशव लामिछाने र ७ नम्बर वडामा मधुसूदन पौडेल वडा सभापतिमा निर्विरोध चयन भएका छन् । गाउँपालिकाभित्र क्रियाशील सदस्यहरूबाट क्षेत्रीय प्रतिनिधि १५२ जना निर्विरोध चयन भएको नेता राजवंशीले जानकारी दिए । 
त्यस्तै हल्दिबारी गाउँपालिकाका पाँच वटा वडामध्ये चार वटा वडामा वडा सभापतिसहित पदाधिकारीहरू निर्विरोध चयन भएको काँग्रेस नेता तथा वडा अध्यक्ष होम चुँडालले जानकारी दिए । २ नम्बर वडामा भीम फ्याक, ३ नम्बर वडामा धनबहादुर सावा, ४ नम्बर वडामा भवानी पराजुली र ५ नम्बर वडामा विजय फागु वडा सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । १ नम्बर वडामा राजेन्द्रप्रसाद ओली (राज) र नीराजनप्रसाद दाहालको उम्मेदावी परेको छ । १ नम्बर वडा सभापति र क्षेत्रीय प्रतिनिधि चयनका लागि निर्वाचन हुने चुँडालले बताए । 

सम्बन्धित समाचार