२०८३ बैशाख १० गते , विहीबार
कांग्रेस : भद्रपुर ५ को वडा सभापतिमा हरिबहादुर बस्नेत
भद्रपुर । नेपाली कांग्रेस भद्रपुर नगरपालिका-५ नम्बर वडा सभापतिमा हरिबहादुर बस्नेत निर्विरोध चयन भएका छन् । कांग्रेसको १४ औं वडा अधिवेशनबाट वडा सभापतिमा बस्नेतसहित कार्य समितिका पदाधिकारीहरू र क्षेत्रीय प्रतिनिधिहरू निर्विरोध चयन भएका हुन् । वडा सभापतिका दाबेदार रमेशचन्द्र झाले आइतबार बिहान उम्मेदवारी फिर्ता लिएपछि वडा सभापतिमा बस्नेत निर्विरोध निर्वाचित भएको मतदान अधिकृत पङ्कजकुमार घोषले जानकारी दिए ।
त्यस्तै खुला क्षेत्रीय प्रतिनिधिमा १० पदका लागि १५ जना, खस आर्य सदस्यमा दुई पदका लागि तीन जनाले शनिवार उम्मेदवारी दिएको थियो । खुलातर्फका ५ र खस आर्यतर्फका एक जनाले उम्मेदवारी फिर्ताले पछि निर्वाचन गराउनु नपरेको मतदान अधिकृत घोषले बताए ।
यस्तो छ निर्वाचित कार्य समितिको नामावली :