२०८३ बैशाख १० गते , विहीबार

माओवादी केन्द्र झापाको सह–इन्चार्जमा सन्देश र संयोजकमा विजय

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २१ गते , सोमबार
माओवादी केन्द्र झापाको सह–इन्चार्जमा सन्देश र संयोजकमा विजय
झापा । नेकपा माओवादी केन्द्र झापाको सह–इन्चार्जमा ज्योतिसिंह दर्लामी सन्देश र संयोजकमा मणिकुमार साम्पाङ (विजय)ले जिम्मेवारी पाएका छन् । 
 माओवादी केन्द्रीय समितिको  भदौ १९ गतेको भर्चुअल बैठकले दर्लामी र साम्पाङ सो जिम्मेवारी दिने निर्णय गरेको थियो । सो निर्णयको प्रदेश कार्यालय समितिले भदौ २० गते कार्यान्वयन गरेको हो ।
यसअघि दुवै नेता नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य थिए।  पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षता भएको भर्चुअल बैठकले दर्लामीलाई सह–इन्चार्ज र साम्पाङलाई संयोजकको जिम्मेवारी दिइएको पार्टीका शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिए । 






सम्बन्धित समाचार