२०८३ बैशाख १० गते , विहीबार

काँग्रेस : बिर्तामोडमा पूर्व सभासद् र पूर्व सभापति वडा मै पराजित

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २३ गते , बुधबार
काँग्रेस : बिर्तामोडमा पूर्व सभासद् र पूर्व सभापति वडा मै पराजित

बिर्तामोड । नेपाली कांग्रेस यतिवेला १४ महाधिवेशनमा जुटेको छ । वडादेखि केन्द्रसम्म कांग्रेसको चुनावी माहोल तातिएको छ । वडाबाट क्षेत्रीय प्रतिनिधिका लागि भर्खरै निर्वाचन सकिएको छ । वडामै पराजित हुनेहरु पाँच वर्षसम्म नेपाली कांग्रेसको कुनै पनि तहमा जिम्मेवारीमा बस्न नपाउने विधानतः व्यवस्था छ ।

वडाबाट क्षेत्रीय प्रतिनिधिमा विजयीहरु अन्य समितिको निर्वाचनमा उम्मेद्वार र मतदाता बन्न पाउनेछन् । नेपाली कांग्रेसभित्र वडाबाट प्रतिनिधि मै पराजित हुनुलाई जनताबाट कारवाहीमा परेको भन्ने चलन छ । पराजित भएकाहरुलाई जनताले ५ वर्षका लागि कारवाही गरेको मान्ने गरिएको छ ।

झापाको बिर्तामोडमा पनि केहि हस्तिहरु वडा मै पराजित भएका छन् । राजनीतिक र व्यवसायिक क्षेत्रका हस्ति नै वडामा पराजित भएको पाइएको छ । पहिलो संसदीय चुनावमा झापा क्षेत्र २ नम्बर बाट समानुपातिक सभासद भएका अमृतलाल राजवंशी वडा मै पराजित भएका छन् । उनले क्षेत्रीय प्रतिनिधिमा पराजय व्यहोर्नु परेको छ ।

यस्तै, बिर्तामोडका पूर्व सभापति कपिलमणी शिवाकोटी वडामै पराजित भएका छन् । कांग्रेस नेता कृष्ण सिटौलाका भाई हरि सिटौला, झापामा चर्चित व्यवसायी राजेन्द्र थापा अर्जुनधारा–६ , बिर्तामोड उधोग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई, अहिलेका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, जिल्ला कमिटी सदस्य चन्द्र गिरी वडामै पराजित भएका छन् । नगरको अधिवेशन भदौ २७ गते हुँदैछ ।

सम्बन्धित समाचार