२०८३ बैशाख १० गते , विहीबार
कांग्रेस भद्रपुर नगर सभापति पदमा उम्मेदवारी दिने बन्धु कार्कीको घोषणा (हेरौं भिडियो)
झापा । नेपाली कांग्रेस भद्रपुर नगर सभापति पदमा युवा नेता बन्धु कार्कीले उम्मेदवारी दिने घोषणा गरेका छन् । 'एक व्यक्ति एक पदमा बस्नु पर्छ, अन्यले पनि मौका पाउनु पर्छ' भन्ने नाराका साथ कार्कीले नगर सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन । सभापतिका दाबेदार कार्की हाल भद्रपुर ५ नम्बर वडाका वडा अध्यक्ष हुन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उनले वडा अध्यक्ष जितेका थिए ।
२०६२/०६३ को दोस्रो जनआन्दोलनको क्रममा कांग्रेसमा प्रवेश गरेका कार्की साबिक भद्रपुर वडा नम्बर ३ का वडा सभापति भएर तीन कार्यकाल जिम्मेवारी निर्वाह गरिसकेका छन् । समायोजन पश्चात् ५ नम्बर वडा भएपछि उनी वडाका उपसभापति भए ।
पार्टीलाई वैचारिक सिद्धान्तका साथ अघि बढाउन मैले नगर सभापतिमा उम्मेदवारी दिन लागेको उनले बताए । 'भद्रपुरमा कांग्रेसको राम्रो पकड हुँदाहुँदै पनि अहिलेसम्म स्थानीय तहको निर्वाचनमा पार्टीको अवस्था कमजोर देखिएको छ,’ उनले भने, ‘नगर सभापति भएमा पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनुका साथै स्थानीय तहको निर्वाचनमा मेयरसहित सबै पदाधिकारीलाई विजयी गराउने मेरो मुख्य लक्ष्य हो ।’
तलको लिङ्क क्लिक गरेर हेरौं भिडियो :