२०८३ बैशाख १० गते , विहीबार

ओलीको गृह नगरमा नेपालको एकीकृत समाजवादी, अध्यक्षमा महेश घिमिरे

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन ९ गते , शनिबार
ओलीको गृह नगरमा नेपालको एकीकृत समाजवादी, अध्यक्षमा महेश घिमिरे
झापा । नेकपा (एकीकृत समाजवादी) को दमक नगर कमिटी घोषणा गरिएको छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दमक नगरका पूर्व प्रमुख इन्द्रबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा दमक नगर कमिटी घोषणा गरिएको हो ।
नगर कमिटीको अध्यक्षमा महेश घिमिरे, उपाध्यक्षमा सुमन कार्की, हमला सिटौला, विराट जबेगु लिम्बू छन् । त्यस्तै सचिवमा निर्मल लामिछाने, सहसचिवमा रोशन भण्डारी छन् । त्यस्तै, सदस्यहरूमा चन्द्र थापा, राजु भट्टराई, युवराज दुलाल, तारादेवी धिमाल, गोमादेवी कटुवाल, किरण भट्टराई, उमेश बुढाथोकी, कमला श्रेष्ठ, प्रेम भुजेल, जीवन सेडाई, युवराज घिमिरे, कमला बोहोरा, मनकुमार दर्नाल, जुलन गजमेर, प्रेम नेपाल, मदन गुरुङ, खगेन्द्र नेपाल, उमेश चौलागाई, प्रबल भण्डारी, छत्र बस्नेत, कमल न्यौपाने, हुन रसाइली, मित्र इगनाम र नरेश भण्डारी छन् ।
नगर कमिटी घोषणा तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले एकीकृत समाजवादीमा जनताको आशा र भरोसा रहेको बताए । उनले नेपालमा कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा अघि बढाउन एकीकृत समाजवादीले मात्रै सक्ने भएकोले पार्टी कार्यकर्तालाई आ(आफ्नो स्थानमा इमानदारीका साथ काम गर्न आग्रह गरे ।

उनले ओलीको गृह नगरबाटै पहिलो पटक झापामा नगर कमिटी गठन भएको बताए । दमकमा एकीकृत समाजवादी मात्रै होइन, विद्यार्थी, किसान, महिला, मजदुर, पत्रकारलगायतको भातृ सङ्गठन निर्माण तीव्र गतिमा बढाइने नेता बुढाथोकीले बताए ।
त्यस्तै, कार्यक्रममा पार्टी जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीले नवगठित दमक नगर कमिटीका पदाधिकारी र सदस्यहरूलाई शपथ ग्रहण गराए । शपथ ग्रहण कार्यक्रममा अध्यक्ष रेग्मीले पार्टीको जिम्मेवारीमा लाग्न निर्देशन समेत दिए ।

दमकको देवकोटा चौकस्थित पुष्पलाल मित्रता केन्द्रको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्की, पार्टी जिल्ला कमिटी सदस्य नन्दलाल ताजपुरिया, प्रदेश कमिटी सदस्य राजेन्द्र दाहाल, लोकबन्धु कन्दङ्बा, टीका प्रसाईँलगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै, नवगठित दमक नगर कमिटीको तर्फबाट अध्यक्ष महेश घिमिरेले आफ्नो प्रतिबद्धता राखेका थिए । जिल्ला कमिटी उपाध्यक्ष मणि भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

जिल्ला कमिटी सदस्य तुलसी निरौलाले सञ्चालन गरेको कार्यक्रममा जिल्ला कमिटी सदस्य हरि नेपालले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा पार्टी जिल्ला कमिटी सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख समेत रहेका अग्रज पत्रकार तीर्थ सिग्देल, केन्द्र प्रसाईँ, जिल्ला कमिटी सदस्य भीम दाहाल, विष्णु न्यौपाने, युवा सङ्घ नेपालका केन्द्रीय सदस्य तथा पार्टी जिल्ला कमिटी सदस्य हरिकृष्ण पौडेल, नारायण राजवंशी, कमल कटुवाल, तीर्थ नेपाल, केशव दाहाललगायतका नेताहरूको उपस्थिति रहेको थियो । त्यस्तै, एकीकृत समाजवादीले ११ गते गौरादहमा, १२ गते शिबसताक्षीमा नगर कमिटी घोषणा तथा शपथ ग्रहण कार्यक्रम गर्ने भएको छ ।

सम्बन्धित समाचार