२०८३ बैशाख १० गते , विहीबार
हल्दिबारी काँग्रेस सभापतिमा गङ्गा प्रसाईँ निर्विरोध निर्वाचित
झापा । नेपाली काँग्रेस हल्दिवारी गाउँ कमिटीको सभापतिमा सामाजिक व्यक्तित्व गङ्गा प्रसाईँ निर्विरोध निर्वाचित भएका छन् । प्रसाईँ यस अघि काँग्रेस हल्दिवारीको सहसभापती थिए ।
त्यस्तै उप सभापतिमा होमप्रसाद चुँडाल र खडग लावती निर्विरोध निर्वाचित भएका छन् । सचिव र सहसचिव पदमा सर्वसम्मतको प्रयास भई रहेको काँग्रेस नेता कृष्ण प्रसाईँले जानकारी दिए । उनका अनुसार अन्य सदस्य पदमा पनि निर्विरोध निर्वाचित भएका छन् ।