२०८३ बैशाख १० गते , विहीबार

काँग्रेस अधिवेशन : बिर्तामोडमा २५ जना निर्विरोध निर्वाचित

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १० गते , आईतबार
काँग्रेस अधिवेशन : बिर्तामोडमा २५ जना निर्विरोध निर्वाचित

झापा  । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बिर्तामोड नगर अधिवेशनमा २५ जना निर्विरोध भएका छन् । निर्विरोध हुनेमा अधिकांश सदस्यहरू रहेका छन् । वडा नम्बर १ बाट कृष्णबहादुर थापा , प्रकाश भट्टराई र माया प्रधान श्रेष्ठ , वडा नम्बर २ बाट पवन न्यौपाने , वेणुमाया अधिकारी र हेमराज सङ्ग्रौला , वडा नम्बर ४ बाट समिता बर्मन , वडा नम्बर ५ बाट दुर्गाप्रसाद पराजुली , पार्वता बिमली खरेल र बालानन्द खतिवडा , वडा नम्बर ६ बाट अर्चना बुढाथोकी , एन्विन्द्र खत्री र पर्शुराम खनाल ,वडा नम्बर ७ बाट मेजेबुल मिया , भूमिका दाहाल र नविनचन्द्र मगर , वडा नम्बर ८ बाट भुवन रिजाल , टीकाराम कार्की र गङ्गादेवी ढुङ्गेल , वडा नम्बर ९ बाट विष्णुप्रसाद पौडेल , राजेन्द्र सिटौला र मुना चुँडाल , क्षेत्रीय प्रतिनिधिमा देवीप्रसाद राजवंशी , थारु खुल्लामा भगवान् नारायण चौधरी , मुस्लिमतर्फ अब्रार अस्जल अन्सारी र मधेसी महिलातर्फ हेमलता चौधरी निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । ५९ सदस्यीय बिर्तामोड नगर समितिका लागि हिजो ९० जनाको उम्मेदवारी परेको थियो । त्यसमध्ये २५ जना सर्वसम्मत भएका हुन् । आज ३४ पदका लागि मतदान हुने भएको छ ।

बिर्तामोड नगर अधिवेशनमा दुई वटा प्यानलले उम्मेदवारी दिएका छन् । कुलप्रसाद सङ्ग्रौला र भोजराज सिटौला नेतृत्वको दुई वटा प्यानलले उम्मेदवारी दिएका हुन् । नगर सभापतिमा सङ्ग्रौला र सिटौला , उपसभापतिमा पशुपति राजवंशी , बलराम कार्की , राजकुमार राजवंशी र सूर्यप्रसाद कन्दङ्वा , सचिवमा अच्युत दाहाल , उत्तम खनाल , दिवाकर प्रसाईँ र दीपेन्द्र राउत तथा सहसचिवमा अमोदप्रसाद दाहाल , दिनेश पराजुली , धर्मेन्द्र सिटौला र रमेश चौधरीले उम्मेदवारी दिएका छन् ।

सम्बन्धित समाचार