२०८३ बैशाख १० गते , विहीबार

काँग्रेस अधिवेशन : भद्रपुरमा २३९ मध्ये २२९ जनाले गरे मतदान, मतगणना केही बेरमै शुरू हुँदै

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १० गते , आईतबार
काँग्रेस अधिवेशन : भद्रपुरमा २३९ मध्ये २२९ जनाले गरे मतदान, मतगणना केही बेरमै शुरू हुँदै

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगर समितिकाे सभापति, सचिव र सहसचिव पदका लागि भएकाे मतदान सम्पन्न भएकाे छ । भद्रपुर ८ स्थित एसीडिसी भवनमा सम्पन्न निर्वाचनमा २३९ मध्ये  २२९ जनाले मतदान गरेका  छन्  । १० जना मतदान स्थलमा अनुपस्थित देखिए । मतगणना अब केही बेरमा शुरू हुने बताइएको छ ।

नगर सभापति एक पदका लागि बन्धु कार्की, मदनबहादुर बस्नेत, ज्ञानबहादुर चौहान, भरत प्रसाईँ र रामबहादुर कँडेलले बिच कडा प्रतिस्पर्धा भएकाे बुझिएको छ ।   सचिव पदमा दुर्योधन कार्की, अनिता रिजाल, टेकबहादुर पाण्डे, उत्तम कोइराला र सन्तकुमार राजवंशी(सन्तोष) बिच प्रतिस्पर्धा भएकाे छ । त्यस्तै  सहसचिव दुई पदका लागि 

सहसचिव पदमा मणिकुमार राई, सन्तोष थापा, नन्दलाल राजवंशी र दीपेशकुमार साहाले बिच प्रतिस्पर्धा भएकाे छ । 

सम्बन्धित समाचार