२०८३ बैशाख १० गते , विहीबार

कांग्रेसको अर्जुनधारा नगर सभापतिमा हेमराज खरेल विजयी

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १० गते , आईतबार
कांग्रेसको अर्जुनधारा नगर सभापतिमा हेमराज खरेल विजयी

अर्जुनधारा । नेपाली कांग्रेसको अर्जुनधारा नगरपालिकामा भएको निर्वाचनमा नगर सभापति पदमा हेमराज खरेल विजयी भएका छन् ।उनी २७ मत अन्तरले विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी भिष्म मिश्रलाई पराजित गर्दै खरेल दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । अन्य पदाधिकारी र सदस्यको छिनोफानो आन्तरिक सहमतिमा भएपनि अर्जुनधारा नगर सभापति पदका लागि २ जनाले उम्मेद्वारी दिएका थिए ।

अर्जुनधारा ९ का भिष्म मिश्र र अर्जुनधारा ५ का हेमराज खरेलको उम्मेद्वारी परेको थियो ।अर्जुनधारामा २४८ मतमध्ये २४० खसेको थियो । खरेलले १३१ र मिश्रले १०४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । ५ मत बदर भएको पार्टीका नगर सहसचिव सञ्जीव पौडेल ९इशान०ले जानकारी दिए ।

यसअघि नगर उपसभापतिद्वयमा भेषराज भण्डारी प्रशान्त र चतुरभुज काफ्ले ,सचिवद्वयमा इन्दिवर खड्का र मेदनी गुरागाईं तथा सहसचिवद्वयमा सञ्जीव पौडेल ९इशान० र निरज ढकाल निर्विरोध भइसकेका थिए ।यसअघि भिष्म मिश्र साविक शनिश्चरे गाविसका पार्टी सभापति थिए भने हेमराज खरेल साविक शनिअर्जुन नगरपालिकाका लागि सभापति तथा अर्जुनधारा नगरपालिकाका लागि पार्टी संयोजक हुन् ।कोषाध्यक्ष पदमा भने नगर समितिको पहिलो बैठकले मनोनित गर्ने पार्टीको प्रावधान रहेको जनाइएको छ । यस्तै, ५७ जना नगर सदस्य पनि सर्वसम्मत भएका थिए ।

सम्बन्धित समाचार