२०८३ बैशाख १० गते , विहीबार

काँग्रेस अधिवेशन : भद्रपुरमा मतगणना जारी, सभापतिमा कँडेल अगाडी

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १० गते , आईतबार
काँग्रेस अधिवेशन :  भद्रपुरमा मतगणना जारी, सभापतिमा कँडेल अगाडी

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगर समितिको सभापति, सचिव र सहसचिव पदका लागि मतगणना सुरु भएको छ । भद्रपुर ८ स्थित एनसीडिसी भवनमा सम्पन्न निर्वाचनमा २३९ मध्ये २२९ जनाले मतदान गरेका थिए । अहिलेसम्म १५० मतगणना गर्दा सभापति पदमा रामबहादुर कँडेल अगाडी देखिएको छ । कँडेलले ४२, बन्धु कार्कीले ३४, भरत प्रसाईँले ३२, मदनबहादुर बस्नेतले ३३, ज्ञानबहादुर चौहानले ८ मत प्राप्त गरेको छ । 
दुई सचिव पदमा उत्तम कोइराला र अनिता रिजाल अगाडी छ । कोइरालाले ८६ र रिजालले ८८ मत प्राप्त गरेका छन् । सचिव पदका उम्मेदवार दुर्योधन कार्कीले ३७, टेकबहादुर पाण्डेले ४७  र सन्तकुमार राजवंशी ९सन्तोष०ले १८ मत प्राप्त गरेका छन् । त्यस्तै सहसचिव दुई पदमा नन्दलाल राजवंशी र मणिकुमार राई अगाडी देखिएको छ । राजवंशीले ९० र राईले ७१ मत प्राप्त गरेका छन् । 
सहसचिव पदका उम्मेदवार दीपेशकुमार साहाले ५८ र सन्तोष थापाले ४८ मत प्राप्त गरेका छन् । अब ७९ मतको गणना बाँकी छ । 

सम्बन्धित समाचार