२०८३ बैशाख १० गते , विहीबार
झापाका कांग्रेस नेता तथा संविधानसभा सदस्य राजवंशी एमालेमा प्रवेश
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य अमृतलाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन्। राजवंशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझ बालकोटमा एमाले प्रवेश गराए।
अध्यक्ष ओलीले पार्टी प्रवेश गराउँदै कांग्रेस हुँदा सिकेका राम्रा कुरा एमालेमा उपयोग गर्न र त्यहाँ भएका नराम्रा कुरा उतै छाडिदिन राजवंशीलाई आग्रह गरे। पार्टीका नव प्रवेशीहरुलाई एमालेले उचित जिम्मेवारी दिने ओलीले बताए। आफूले कांग्रेसमा लामो योगदान गरे पनि त्यसको कहिल्यै मूल्यांकन नभएको, देश र जनताको पक्षमा केपी ओलीको जस्तो अडान अरु कुनै नेतामा देखेकोले आफू एमाले प्रवेश गरेको राजवंशीले बताए।
कार्यक्रममा एमाले प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरे, केन्द्रीय सदस्य देवेन्द्र दाहाल,जिल्ला अध्यक्ष चिन्तन पाठक लगायत झापाली नेताहरु सहभागी थिए।