२०८३ बैशाख ४ गते , शुक्रबार
नवदुर्गा मन्दिरलाई एक लाख १५ हजारको घण्टी प्रदान
बिर्तामोड । बिर्तामोड ३ स्थित पुण्डरीचोक निवासी नगेन्द्रप्रसाद थपलियाले बिर्ता बजारको नवदुर्गा मन्दिरलाई दुई थान घण्टी प्रदान गरेका छन् ।
आफ्ना स्वर्गीय बुबा रामप्रसाद र आमा सीता थपलियाको सम्झनामा थपलियाले मन्दिरलाई घण्टी प्रदान गरेका हुन् । बिर्तामोड नगरपालिकाका मेयर धुब्रकुमार सिवाकोटीको प्रमुख आतिथ्यमा भएको एक संक्षिप्त कार्यक्रमका बिच समाजसेवी थपलियाले करिब ८० केजी बराबरको एक लाख १५ हजार मूल्यका दुई वटा घण्टी सहयोग गरेका हुन् ।
कार्यक्रममा समाजसेवी शेरबहादुर थापा, बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौला, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वासुदेव माझी, सदस्य शिव खरेल दाता थपलियाकी श्रीमती मेनुका लगायतको उपस्थिति रहेको थियो ।