२०८३ बैशाख १० गते , विहीबार

सशस्त्रद्वारा झापामा गाँजासहित २ जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन २३ गते , शनिबार
सशस्त्रद्वारा झापामा गाँजासहित २ जना पक्राउ

झापा । सशस्त्र प्रहरीले १० किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।  मेचीनगर नगरपालिका ८ स्थित पूर्व-पश्चिम राजमार्गमा सशस्त्र प्रहरीको टोलीले मे १ ह ३४७१ को अटो रिक्सालाई चेकजाँच गर्ने क्रममा अटोमा सवार यात्रु मकवानपुर गाविस कालिकाटार –४ बस्ने फुलमाया सिङ्गतान र अर्जुन मोक्तानको साथबाट १० किलो ४१० ग्राम तयारी गाँजा बरामद गरेको हो ।

अटो रिक्सासहित उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए ।

सम्बन्धित समाचार