२०८३ बैशाख १० गते , विहीबार
बिर्तामोडमा मासु व्यवसायीको हत्या
झापा । महानन्दचोकमा मासु पसल सञ्चालन गर्दै आएका अर्जुनधारा ६ कप्तानबारी घर भएका अन्दाजी ५० वर्षीय इन्द्रक़ुमार मगरको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।
पसलमै बसिरहेको बेला राति करीब ८ बजे उनको हत्या भएको स्थानीयले बताएका छन्। मगरको घाँटी र पाखुरामा गहिरो चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ। प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ।