२०८३ बैशाख १० गते , विहीबार

धरतीमा पहिलो पटक नेपालले परमादेशबाट सरकार पायो : नेकपा अध्यक्ष ओली

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन २८ गते , विहीबार
धरतीमा पहिलो पटक नेपालले परमादेशबाट सरकार पायो : नेकपा अध्यक्ष ओली

झापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरतीमा पहिलो पटक नेपालले परमादेशबाट सरकार पाएको बताएका छन् यसअघि धरतीमा कतै पनि परमादेशबाट सरकार नबनेको ओलीको दाबी

बिर्तामोडमा ओलीले बडादसैँ, शुभ दीपावली छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस प्रकारका गलत क्रियाकलाप नगर्न सबैलाई विजयादशमीले सद्बुद्धि दियोस् भन्ने कामना गरेका छन्

जनताको म्याण्डेड पाएको नेकपा एमालेलाई परमादेशबाट हटाएर समृद्धिको यात्रालाई रोक्ने प्रयास भएको ओलीको आरोप उनले भने, ‘१० वर्ष अघिसम्म देश बन्दैन कि भन्ने थियो अहिले देश बनाउन सकिन रहेछ भन्ने बनाएको छु देश बनाउन सकिन्छ, तर गलत स्वार्थ भएकाहरूबाट सबै सचेत भएर खबरदारी गर्नुपर्छ, ओलीले थपे

अध्यक्ष ओलीले शुभकामना कार्यक्रममा शुभकामना मात्रै राख्ने भन्दै अन्य दलको टीकाटिप्पणी गर्न चाहेनन् उनले बडादसैँले सबैलाई सकारात्मक बन्न शक्ति प्रदान गरोस् भन्दै शुभकामना व्यक्त गरे

शुभकामना कार्यक्रममा बोल्दै उनले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन नै लोकतन्त्र ल्याएको धारणा राखे ओलीले मुलुकमा लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाएको भन्दै लोकतन्त्र, विधि पद्धतिलाई ख्याल गर्न आग्रह गरेका छन् उनले परमादेशबाट बहुमत प्राप्त सरकार हटाएको स्मरण गर्दै सट्टापट्टाको खेलले मुलुक धरापमा पर्ने खतरा बढेको बताए परमादेशबाट बनेको सरकारले महिनासम्म सरकार समेत बनाउन नसकेको, बनाउँदा पनिजेठानसँग सट्टापट्टा गरेको सुनाए अदालतले परमादेशको बदलामा सट्टापट्टा गरेको आरोप लगाए

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकार, गरिब विपन्न, भूमिहीन, सुकुम्वासी विरुद्ध अघि बढेकोले यसले विद्रोह जन्माउने बताए उनले एमालेका नेता कार्यकर्तालाई भ्रम कु प्रचारको विरुद्ध लड्न निर्देशन दिएका छन् निर्वाचनका लागि समेत तयारी अवस्थामा रहन ओलीले सङ्केत गरेका छन्

सम्बन्धित समाचार