२०८३ बैशाख ४ गते , शुक्रबार

पाथीभरा मन्दिरमा पूजापाठ गर्ने भक्तजनहरूको घुइँचो

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन २८ गते , विहीबार
पाथीभरा मन्दिरमा पूजापाठ गर्ने भक्तजनहरूको घुइँचो

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा नवरात्रको समयावधिमा १९ हजारभन्दा बढी भक्तजनले पूजापाठ गरेका छन् । नवरात्रिको समयावधिमा पाथीभरा मन्दिर क्षेत्रमा पुगेर उनीहरुले पूजापाठ गरेका हुन् ।नेपालीको महान् चाड बडादसैँ तथा नवरात्रिको दिनदेखि नवरात्रिको अन्तिम दिन आज पूजापाठ समय अवधिसम्ममा १९ हजार ७५० जना भक्तजन पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको माथिल्लो फेदी प्रहरी चौकले जनाएको छ ।

नेपालका दार्चुला जिल्लादेखि भारतको दार्जिलिङ र सिकिमसम्मका तीर्थ यात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए । नवरात्रको पहिलो दिनदेखि नौ दिनसम्म अर्थात् टीकाको अघिल्लो दिन ९आज०सम्ममा पाथीभरा मन्दिर क्षेत्रमा तीर्थयात्रीको घुइँचो लाग्ने गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

नवरात्रको पहिलो दिन अर्थात् बुधबार २५० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको माथिल्लो फेदी प्रहरी चौकीले जनाएको छ । बिहीबार आठ सय २५, शुक्रबार एक हजार ६५५, शनिबार छ हजार २५, आइतबार एक हजार एक सय ९५, सोमबार दुई हजार, मङ्गलबार दुई हजार दुई सय र आज एक हजार एक सय जान तीर्थ यात्रीहरुले पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेको माथिल्लो फेदी प्रहरी चौकीका प्रहरी इन्र्चाज लोकबहादुर थापाले बताए ।

कोरोनाको कारणले नौ महिना पाथीभरा मन्दिरमा पूजापाठ बन्द भएको थियो तर गत महिनादेखि मात्र पाथीभरा क्षेत्र विकास समितिले खुला गरेको हो । पाथीभरा दर्शन गर्न खुला भएसँगै तीर्थयात्रीहरुको चहलपहल बढ्न थालेको हो । पाथीभरा मन्दिर क्षेत्रमा तीर्थयात्रीहरुको भीडभाड बढेसँगै यातायाता व्यवसायी, होटल व्यवसायी र तीर्थयात्री सहयोगीहरु उत्साहित भएको छ ।

सम्बन्धित समाचार