२०८३ बैशाख १० गते , विहीबार
प्रधानमन्त्री देउवा आइतबार इलाम आउँदै
इलाम । बेमौसमी झरी सँगै आएको बाढी–पहिरोको क्षतिको अवलोकन गर्न आइतबार भोलि प्रधानमन्त्री शेरबहादुर देउवा इलाम आउन लागेका छन् ।
प्रधानमन्त्री देउवा बाढी–पहिरोको क्षति अवलोकन गर्न र सम्भव भए पीडितलाई समेत भेट्ने गरी आउन लागेको इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।
देउवा हेलिकप्टर मार्फत इलाम आउन लागेका हुन। प्रधानमन्त्रीले इलाम मात्र नभई छिमेकी जिल्ला पाँचथरको समेत बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने बताइएको छ ।
यता जिल्ला बाट प्रधानमन्त्रीलाई इलाममा भएको घटनाको बारेका जानकारी गराउन साथै घटना भएको स्थलगत अवलोकन गरिदिनका लागि आग्रह गर्न काँग्रेस युवा नेता डम्बर खड्का काठमाडौँ गएका थिए ।