२०८३ बैशाख १० गते , विहीबार
झापामा तास खेलिरहेका चार जना नगदसहित पक्राउ
झापा । झापामा तास जुवा खेलिरहेका चार जना नगदसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिबसताक्षी नगरपालिका- ९ निवासी ५० वर्षीय अग्नि राई, सोही ठाउँका ४० वर्षीय लालबहादुर लिम्बु, ४५ वर्षीय मनिष क्षेत्री र सोही नगरपालिका- ११ निवासी ३७ वर्षीय सुरेश लिम्बु रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार शिवसताक्षी- ९ स्थित जितेन्द्र शाक्यको घरमा अवैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ७३ हजार ५०० सय, चार थान मोबाइल सेट र तिन बुक ताससमेत बरामद गरेको प्रहरीले जनाएको छ ।