२०८३ बैशाख ४ गते , शुक्रबार

जाम्बियाका फोटोग्राफरले खिचेका हृदयविदारक तस्बिर भाइरल

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक ८ गते , सोमबार
जाम्बियाका फोटोग्राफरले खिचेका हृदयविदारक तस्बिर भाइरल

एजेन्सी । केही दिनयता सामाजिक सञ्जालमा एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ। तस्बिरमा एउटा चितुवाले मुखमा मृत बाँदर झुण्ड्याइरहेको छ। बाँदरको मृत शरीरमा उसको बच्चा टाँसिएको देखिन्छ।

यस हृदयविदारक क्षणलाई क्यामरामा कैद गर्ने व्यक्ति पूर्वी अफ्रिकामा रहेको जाम्बियाका वन्यजन्तु फोटोग्राफर शफीक मुल्ला हुन्। उनले उक्त फोटो अक्टोबर १४ मा जाम्बियाको दक्षिणमा अवस्थित लुआङवा राष्ट्रिय निकुञ्जमा खिचेका हुन्।

‘प्रकृति सधैँ सुन्दर नहुन सक्छ। र‚ यो तस्बिरले पक्कै पनि जीवनको क्रुर वास्तविकता देखाउँछ‚’ शफीकले भनेका छन्‚ ‘दीर्घकालीन वातावरण कायम राख्न, एउटा प्रजाति मरेर अर्कोलाई बचाउनुपर्छ।’ 

सम्बन्धित समाचार