२०८३ बैशाख १० गते , विहीबार
इलाममा झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या, एक पक्राउ
झापा । धामी बसी झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गर्ने एक जना पक्राउ परेका छन् । इलाम देउमाई नगरपालिका ५ बारुङ मङ्गलवार बिहान ६ बजे कहिलेकाहीँ बेहोस हुने बिरामी रहेका श्रीमती र छोरीको झारफुक गर्ने क्रममा घाटी तथा शरीरको विभिन्न भागमा टोक्दा उनीहरूको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
कार्यालयका अनुसार घटनाको जानकारी पाए लगतै अस्थायी प्रहरी चौकी गजुरमुखी धामबाट प्रहरी टोली खटी गई ३३ वर्षीय कमल तामाङलाई नियन्त्रणमा लिएको हो । घटनाबारेमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।ह