२०८३ बैशाख १० गते , विहीबार
झापामा ब्राउन सुगरसहित ३ जना पक्राउ
झापा । झापाको बुद्धशान्ती गाउँपालिका-३ स्थित बुधबारे चौकबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका- २ का २३ वर्षीय युरास ईवा लिम्बु, पाँचथर याङवरक गाउँपालिका- २ बेतेनी घर भई हाल झापा अर्जुनधारा नगरपालिका- ११ बस्ने २५ वर्षीय उमेश बिक र इलाम कोल्बुङ गाउँपालिका- २ कुटिडाँडाका २३ वर्षीय सुलभ गुरुङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ब्राउन सुगर १० ग्राम २० मिली ग्राम र गाँजा ११ ग्राम ५० मिली ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान गरिरहेको छ ।