२०८३ बैशाख १० गते , विहीबार
झापा-२ बाट एमाले महाधिवेशन प्रतिनिधि निर्विरोध चयन
बिर्तामोड । नेकपा एमालेको दसौँ महाधिवेशनका लागि झापा क्षेत्र नं। २ बाट सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको छ । निर्वाचन परिचालन तथा सहजीकरण समितिका अनुसार खुला तर्फ ८ जना र महिला तर्फ ३ जना सर्वसम्मत भएका छन् ।
महाधिवेशन प्रतिनिधिका लागि झापा–२ बाट खुला तर्फ चिन्तन पाठक, प्रेम गिरी, बद्री भट्टराई, रोमणि भट्टराई, उमानाथ ओली, एकराज कार्की, सन्तकुमार राई र वृहस्पति उप्रेती रहेका छन् । यस्तै, महिलाबाट पवित्रा देवी महतरा, विष्णुमाया भट्टराई र अनिता कन्दङ्वा रहेका छन् । यसअघि झापा क्षेत्र नं। ५ ले १० जना र जिल्लाबाट ३ जना दलित प्रतिनिधि सर्वसम्मत भइसकेको छ ।