२०८३ बैशाख १० गते , विहीबार

मेचीनगरमा माओवादी केन्द्रको सदस्यता सङ्ख्या ५ हजार बढी

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २७ गते , शनिबार
मेचीनगरमा माओवादी केन्द्रको सदस्यता सङ्ख्या ५ हजार बढी
मेचीनगर । मेचीनगरमा नेकपा माओवादी केन्द्रको सदस्य सङ्ख्या ५ हजार दुई सय पुगेको छ । नगर संयोजक पुष्प गुरागाईँका अनुसार शनिवार दिउँसोसम्म पार्टी सदस्यता लिनेको सङ्ख्या ५ हजार दुई सय पुगेको हो ।

माओवादी केन्द्रले अनलाइनमार्फत सदस्यताका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ । पछिल्लो दिनमा सिस्टममा आएको समस्याले गर्दा आवेदनको पूर्ण विवरण सङ्कलन भई नसकेको नगर संयोजक गुरागाईँले जानकारी दिए । अन्तिम विवरण आउँदा सदस्यता सङ्ख्या बढ्न सक्ने उनको भनाइ छ । सर्वोच्च अदालतको आदेशअनुसार तत्कालीन नेकपा खारेज भएर नेकपा माओवादी केन्द्र साबिककै अवस्थामा फर्किएपछि सङ्गठन विस्तार तथा सदस्यता वितरणमार्फत सङ्गठनलाई सुदृढ बनाउन लागेको उनले बताए । 

नगरमा सबै भन्दा बढी वडा नम्बर( १२ मा ८४० जनाले सदस्यता लिएका छन् । पार्टीको केन्द्रीय नीति अनुसार वडाको भेला मङ्सिर ४ गते सम्म सक्ने योजना भएको र मङ्सिर ११ गते भने नगरको भेला रहेको संयोजक गुरागाईँले बताएका छन् ।

सम्बन्धित समाचार