२०८३ बैशाख १० गते , विहीबार

झापा-३ बाट एमाले महाधिवेशन प्रतिनिधिमा आठ जना निर्वाचित, अत्यधिक मत बानियाँलाई

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २८ गते , आईतबार
झापा-३ बाट एमाले महाधिवेशन प्रतिनिधिमा आठ जना निर्वाचित, अत्यधिक मत बानियाँलाई
भद्रपुर ।  नेकपा एमालेको १० औं महाधिवेशनका लागि झापा क्षेत्र नम्बर ३ बाट आठ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा वसन्त बानिया सर्वाधिक मत ल्याएर प्रतिनिधि छनौट भएका छन् । 
उनले एक हजार ९ सय ९ मत मत ल्याएका छन् । त्यस्तै लक्ष्मण पाठकले १ हजार ६ सय १७, जीवनकुमार श्रेष्ठले १ हजार ४ सय ६४, डम्बर गिरीले १ हजार ४ सय ५१, तिलक राईले १ हजार १५४ र हरि तिम्सिना र मोहन चन्द्र रेग्मीको बराबरी मत १ हजार ५५ आएको छ ।
तिम्सिना र रेग्मीको मत परिणाम बराबरी आएपछि दुवैलाई प्रतिनिधि पठाउन सिफारिस गरिएको एमाले स्रोतले जनाएको छ। त्यसैगरी महिला प्रतिनिधितर्फ शुभ लक्ष्मी राईले १ हजार ७११ र चन्द्रमाया श्रेष्ठले १ हजार १९ मत ल्याइ विजयी भएकी छिन् । 
६ जना खुला सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको थियो, भने  महिला २ जनाका लागि ६ जनाको उम्मेदवारी परेको थियो ।  दुई जनाको बराबरी मत आएकाले तिम्सिना र रेग्मी दुवै जनालाई प्रतिनिधि पठाउन सिफारिस गरिएको एमाले स्रोतले जनाएको छ। 

सम्बन्धित समाचार