२०८३ बैशाख १० गते , विहीबार

राप्रपाको प्रदेश अधिवेशन दमकमा, कमल थापाले उद्घाटन गर्ने

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २८ गते , आईतबार
राप्रपाको प्रदेश अधिवेशन दमकमा, कमल थापाले उद्घाटन गर्ने

दमक । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको प्रदेश १ को अधिवेसनको तयारी पुरा भएको छ । राप्रपाले झापाको दमकमा पहिलो प्रदेश अधिवेशन गर्ने भएको हो। दमकमा पत्रकार सम्मेलन गर्दै प्रदेश संयोजक राम थापाले अधिवेशनको तयारी पुरा भएको जनाएका हुन् ।

यही कार्तिक २८ र २९ गते हुने अधिवेशनको पार्टी अध्यक्ष कमल थापाले उद्घाटन गर्ने बताइएको छ । अधिवेशनमा प्रदेश १ का १४ जिल्लाबाट ५ सय ५४ जना प्रतिनिधि सहभागी हुने थापाले बताए । पर्यवेक्षक र अन्य गरेर अधिवेशनमा ७ सय जनाका लागि व्यवस्थापन गरिएको समेत थापाको भनाई रहेको छ ।

सम्बन्धित समाचार