२०८३ बैशाख १० गते , विहीबार
राप्रपा प्रदेश १ को अध्यक्षमा दमकका राम थापा विजयी
झापा । राप्रपा प्रदेश १ को अध्यक्षमा राम थापा निर्वाचित भएका छन् । भक्ति सिटौलालाई हराउँदै थापा राप्रपा प्रदेश १ को पहिलो अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन ।
दुई जना बिच ३८ मतको अन्तर रहेको जनाइएको छ । दमकमा सोमबार प्रदेश १ को अध्यक्ष चयनका लागी निर्वाचन भएको थियो । थापालार्ई कमल थापाका उम्मेदवार र सिटौलालाई राजेन्द्र लिङ्देनको उम्मेदवारको रुपमा हेरिएको थियो ।