२०८३ बैशाख १० गते , विहीबार

काँग्रेस महाधिवेशन : आन्तरिक चुनाव भड्किलो नबनाऊ

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक ३० गते , मंगलबार
काँग्रेस महाधिवेशन : आन्तरिक चुनाव भड्किलो नबनाऊ

बिर्तामोड । नेपाली काँग्रेसको आसन्न चौधौँ महाधिवेशनका लागि  झापाका प्रमुख निर्वाचन अधिकृत सुबोधबाबु चिलवालले पार्टीको आन्तरिक निर्वाचनको छनौट प्रक्रियामा तडक–भडकपूर्ण प्रचार शैली नअपनाउन आग्रह गरेका छन् ।

नेपाली काँग्रेस झापा जिल्ला कार्यसमितिको बैठकलाई आज सम्बोधन गर्दै निर्वाचन अधिकृत चिलवालले समाजवादी पार्टीको आन्तरिक चुनावलाई समाजवादी ढङ्गले नै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाले विपक्षी दलसँगको जस्तो नगरी मित्रवत् प्रतिस्पर्धा गर्न उम्मेद्वारहरुलाई आग्रह गरे।सभापतिका दुवै उम्मेदवार राम कट्टेल र देउकुमार थेबे आफ्नो दुई कार्यकालका उपसभापति भएको हुँदा जसले चुनाव  जिते पनि आफ्नो दुवै हातमा लड्डु प्राप्त भए बराबर सम्झने बताए ।

जिल्ला कार्यसमितिको बैठकमा सँगै बसेका सभापतिका दुवै उम्मेदवार थेबे र कट्टेलले आफूहरू लोकतान्त्रिक पार्टीको संस्कारयुक्त कार्यकर्ता भएको हुँदा आपसमा मित्रवत् प्रतिस्पर्धा गर्ने प्रतिबद्धता जनाए ।

सम्बन्धित समाचार