झापामा काँग्रेस महाधिवेशनका लागि निर्वाचन कार्य तालिका सार्वजनिक
बिर्तामोड । नेपाली काँग्रेस झापाले आसन्न चौधौँ महाधिवेशनका लागि निर्वाचन कार्य तालिका तय गरेर निर्वाचन स्थल चयन गरेको छ ।
नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाको सभापतित्वमा आज सम्पन्न कार्यसमिति, क्षेत्रीय एवं प्रदेश क्षेत्रीय सभापति र गाउँ÷नगर सभापति र निर्वाचन समिति संयोजक एवं सदस्यहरू सहभागी संयुक्त बैठकले प्रदेश सभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको कार्य तालिका तय गर्दै निर्वाचन स्थल चयन गरेको हो । यही मङ्सिर ३ गते हुने प्रदेशसभा निर्वाचनका लागि मङ्सिर २ गते मनोनयन दर्ता लगायतका प्रक्रिया पुरा गरिनेछ ।
मङ्सिर २ गते ८ बजे मतदाता नामावली प्रकाशन, ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावली सच्याउने, बिहान ९ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता, १२ बजेदेखि १ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध, १ : ४० देखि २ः ४० बजेसम्म उम्मेदवारी फिर्ता र ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मङ्सिर ३ गते बिहान ८ बजेदेखि १ बजेसम्म मतदान र मतदान सम्पन्न भएपछि मतगणना गरिने कार्यक्रम तय गरिएको नेपाली काँग्रेस झापाका प्रवक्ता लोकराज ढकालले जानकारी दिए ।
प्रदेश क्षेत्रीय निर्वाचनका लागि झापा क्षेत्र नं १ (क) मा काँकडभिट्टा सामुदायिक बनको भवन, ख का लागि हातेमालो सामुदायिक बन समितिको भवन, झापा क्षेत्र नं–२ प्रदेश (क) का लागि अनारमणि पब्लिक क्याम्पस विर्ताबजार, (ख)का लागि ने.का. अर्जुनधारा नगर समितिको कार्यालय, झापा क्षेत्र नं–३ प्रदेश (क)का लागि ने.कां. भद्रपुर २ नं वडा कार्यालय पृथ्वीनगर, ३ (ख) का लागि रामजानकी मन्दिर गोल धाप, हल्दिबारी–१, झापा क्षेत्र नं ४ (क) को उद्योग वाणिज्य सङ्घ सुरुङ्गा, (ख)को दुधे मावि, र झापा क्षेत्र नं–५ (क) मा गौरादह कृषि क्याम्पस र (ख) का लागि नेपाली काँग्रेस दम नगर समितिको कार्यालयलाई निर्वाचन स्थल तय गरिएको छ ।
यसैगरी मङ्सिर ६ का लागि तय गरिएको क्षेत्रीय निर्वाचनका लागि मङ्सिर ५ गते निर्वाचन पूर्व तयारीका कार्यक्रम पूरा हुनेछन् । जस अन्तरगत मङ्सिर ५ गते बिहान ८ बजे मतदाता नामावली प्रकाशन, ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावली सच्याउने, बिहान ९ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता, १२ बजेदेखि १ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध, १ : ४० देखि २ः ४० बजेसम्म उम्मेदवारी फिर्ता र ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । यसैगरी मङ्सिर ६ गते बिहान ८ बजेदेखि १ बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ भने मतदान सम्पन्न भएपछि मतगणना गरिने जनाइएको छ ।
झापाका पाँच वटा क्षेत्रमध्ये झापा क्षेत्र नं–१ मा टाउन हल धुलाबारी, क्षेत्र नं–२ मा जिल्ला पार्टी कार्यालय, ३ को सीटी गार्डेन भद्रपुर, ४ को उद्योग वाणिज्य सङ्घ सुरुङ्गाको कार्यालय र क्षेत्र नं–५ को गौरादह कृषि क्याम्पसलाई निर्वाचन स्थल तय गरिएको छ ।मङ्सिर १० गते हुने नेपाली काँग्रेस झापाको निर्वाचन अग्रसेन भवन बिर्तामोडमा हुनेछ । यसैगरी मङ्सिर १० गते हुने निर्वाचनका लागि मङ्सिर ९ गते नै मनोनयन दर्ता लगायतका प्रक्रिया पुरा गरिनेछन् ।
मङ्सिर ९ गते बिहान ८ बजे मतदाता नामावली प्रकाशन, ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावली सच्याउने, बिहान ९ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता, १२ बजेदेखि १ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध, १ : ४० देखि २ः ४० बजेसम्म उम्मेदवारी फिर्ता र ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । यसैगरी मङ्सिर १० गते बिहान ८ बजेदेखि १ बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ । नेपाली काँग्रेस १४ औं महाधिवेशनका लागि झापाका लागि निर्वाचन अधिकृत सुबोधबाबु चिलवाल, सदस्यहरू नेपाल शिक्षक सङ्घ झापाका अध्यक्ष नेत्र खरेल, डी.एल.ए. झापा अध्यक्ष यज्ञप्रसाद अधिकारी, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली लगायत सहभागी उक्त बैठकले निर्वाचन कार्य तालिका र केन्द्र तय गरेको हो ।
मङ्सिर ६ गते सम्पन्न हुने निर्वाचनबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरुबीच महासमिति सदस्य चयनमा आपसी सहमति नभएको अवस्थामा मङ्सिर ९ गते मनोनयन दर्ता र १० गते मतदान हुने काँग्रेस प्रचार विभाग प्रमुख कृष्ण हुमागाईँले जानकारी दिए ।