२०८३ बैशाख १० गते , विहीबार

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मागे विश्वासको मत

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १ गते , बुधबार
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मागे विश्वासको मत

झापा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत मागेका छन् । प्रदेश  १ प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै बुधबार मुख्यमन्त्री राईले संसदमा विश्वासको मत मागेका हुन्।

कात्तिक ३० गते मंगलबार नै विश्वासको मत लिने कार्यसूची रहे पनि नेपाल बन्दको कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरू अनुपस्थित भएपछि सभामुखले बुधबारसम्मका लागि  बैठक स्थगित गरेका थिए।

यस्तो छ संसदको अंकगणित

९२ सदस्यीय प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल एमालेका  ४१ सांसद छन्। जसमध्ये १ जना सभामुख छन् भने एक जना फरार छन्। राप्रपाका एक सांसद छन्। त्यस्तै‚ सत्ता गठबन्धनको नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा ९एकीकृत समाजवादी०का १०, जनता समाजवादीका तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन्। थाहाखबरबाट

सम्बन्धित समाचार