२०८३ बैशाख १० गते , विहीबार
झापामा सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार प्रतिवादी १८ वर्षपछि पक्राउ
झापा । सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार एक प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा ५ बस्ने ६५ वर्षीय उदय पराजुली रहेका छन् ।
उनलाई झापा जिल्ला अदालतको २०६० माघ २१ गतेको फैसला बमोजिम सरकारी छाप दस्तखत किर्ते मुद्दामा एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना तोकिएको थियो ।
हालसम्म फरार रहेका पराजुलीलाई सर्वोच्च अदालत निर्देशनालयद्वारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी बिहीबार फैसला कार्यान्वयनको अदालतमा उपस्थित गराएको हो । अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।