२०८३ बैशाख १० गते , विहीबार
माओवादी केन्द्र : कचनकवल गाउँपालिकाको सातै वडामा सर्वसम्मत नेतृत्व चयन
झापा । नेकपा माओवादी केन्द्रले दक्षिणी झापाको कचनकवल गाउँपालिकाको सातै वडामा अधिवेशन सम्पन्न गरेको छ । वडा अधिवेशनले सातै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
कचनकवल गाउँपालिका १ घेरावारिको वडा अध्यक्षमा नारायण सिंह राजवंशी, २ नम्बर वडा अध्यक्षमा दयालाल राजवंशी, ३ नम्बर वडा अध्यक्षमा लिलाधर राजवंशी, ४ नम्बर वडा अध्यक्षमा पूरण भण्डारी, ५ नम्बर वडा अध्यक्षमा नुर मोहम्मद, ६ नम्बर वडा अध्यक्षमा भरत कुमार राजवंशी र ७ नम्बर वडा अध्यक्षमा हरि प्रसाद लिम्बुलाई सर्वसम्मत चयन गरिएको छ ।
झापा क्षेत्र नम्बर ३ (ख) प्रदेश सभा सदस्य तथा कचनकवल गाउँपालिका पार्टी समिति समायोजन समितिका संयोजक पूर्ण प्रसाद राजवंशीको प्रमुख अतिथिमा दोस्रो ऐतिहासिक अधिवेशन सम्पन्न भएको हो ।