२०८३ बैशाख ६ गते , आईतबार
जुवातासको अखडा बन्दै दमक, फेरि ९ जना पक्राउ
झापा । जुवाको अखडा बनेको झापाको दमकबाट फेरि ९ जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले मंगलबार दिउँसो दमक ५ बस्ने टेकबहादुर कार्कीको घरको कोठाभित्र जुवाजन्य तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा छापा मारेको थियो ।
प्रहरीले छापामा मारेर तीन बुक तास र नगद २९ हजार ७ सय ४५ रुपैयाँसहित ९ जना जुवाडेलाई पक्राउ गरेका थिए । पक्राउ पर्नेहरूमा घरधनी दमक ५ बस्ने ४६ वर्षीय टेकबहादुर कार्की , सोही ठाउँका ५१ वर्षीय कुशराज खत्री, ५४ वर्षीय सुरेश भण्डारी , ३८ वर्षीय नारायण कडरिया,२९ वर्षीय प्रदीप थापा,४१ वर्षीय सूर्य न्यौपाने, ४८ वर्षीय खगेन्द्र भुजेल, ४० वर्षीय खगेन्द्र राजवंशी र कमल ५ बस्ने ३० वर्षीय सुरेश सुब्बा रहेका छन् । यसअघि एक साताभित्र दमकबाट १२ जना जुवाडे पक्राउ परिसकेका छन् ।