२०८३ बैशाख १० गते , विहीबार
माओवादी केन्द्रको प्रथम भद्रपुर अधिवेशन मङ्सिर ११ गते
भद्रपुर । नेकपा माओवादी केन्द्रको प्रथम भद्रपुर नगर ऐतिहासिक अधिवेशन मङ्सिर ११ गते हुने भएको छ । भद्रपुर- ६ स्थित सिटी गार्डेन होटेलमा हुने प्रथम नगर ऐतिहासिक अधिवेशनको तयारी धमाधम भइरहेको पार्टीका केन्द्रका जिल्ला सचिवालय सदस्य नरेश सन्जेलले जानकारी दिए ।
नगर अधिवेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथिमा झापा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पार्टीका प्रदेश १ इन्चार्ज सुरेन्द्रकुमार कार्की (पार्थ) आउने भएका छन् । साथै जिल्लास्तरीय नेताहरूको पनि सहभागिता हुने उनले बताए । नगर अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।
यसअघि सम्पन्न वडा अधिवेशनले भद्रपुर १ नम्बर वडा अध्यक्षमा जीवन बास्तोला, २ नम्बर वडा अध्यक्षमा मोहन धमला, ३ नम्बर वडा अध्यक्षमा बालानन्द विश्वकर्मा (कुमार), ४ नम्बर वडा अध्यक्षमा युक्त पाहिम, ५ नम्बर वडा अध्यक्षमा बुद्धिमान लिम्बूलाई निर्विरोध चयन गरेका छन् ।
त्यस्तै भद्रपुर ६ नम्बर वडा अध्यक्षमा विष्णु राजवंशी, ७ नम्बर वडा अध्यक्षमा पुष्पलाल राजवंशी, ८ नम्बर वडा अध्यक्षमा बाबुराम अधिकारी, ९ नम्बर वडा अध्यक्षमा याम प्रसाद खरेल (राम) र १० नम्बर वडा अध्यक्षमा योगराज अधिकारीलाई निर्विरोध चयन भएका छन् ।