२०८३ बैशाख १४ गते , सोमबार
माओवादी केन्द्र दमकको अध्यक्षमा कूलबहादुर बस्नेत
झापा । नेकपा माओवादी केन्द्र दमक नगर कमिटीको अध्यक्षमा कूलबहादुर बस्नेत (रवि) सर्वसम्मत चयन भएका छन् ।
शनिवार सुरु भएको सम्मेलनले नगर कमिटी अध्यक्षमा बस्नेतलाई सर्वसम्मत चयन गरेको बताइएको छ । यद्यपि निर्वाचन मण्डलले नगर कमिटीको निर्वाचनका लागि मनोनयन दाखिला गरेका पदाधिकारीहरूको समेत अन्तिम टुङ्गो लगाएर मात्रै नगर कमिटी घोषणा गर्ने तयारी छ ।
आइतबार साँझ सम्म पनि नगर कमिटीका उपाध्यक्ष तीनसहित पदाधिकारीहरूमा आवश्यक सङ्ख्या भन्दा बढी उम्मेदवार रहेका छन् । सोमबार १२ बजे सम्म मनोनयन फिर्ताको समय रहेको कारण नगर कमिटी घोषणा भने औपचारिक रुपमा भई नसकेको बताइएको छ । सम्मेलनमा नगर कमिटीको अध्यक्षको आकाङ्क्षीका रुपमा बेदु गौतम र तीर्थराज बस्नेतको नाम आएपछि वैकल्पिक साझा उम्मेदवारका रुपमा देखिएका युवा विद्यार्थी नेता बस्नेतलाई पार्टीको नगर कमिटी अध्यक्ष चयन गरिएको बताइएको छ ।