२०८३ बैशाख १४ गते , सोमबार

ओलीले दिए अध्यक्षमा उम्मेदवारी, रावल र ओलीबीच प्रतिस्पर्धा

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १३ गते , सोमबार
ओलीले दिए अध्यक्षमा उम्मेदवारी, रावल र ओलीबीच प्रतिस्पर्धा

चितवन । नेकपा (एमाले)को अध्यक्ष पदमा केपी शर्मा ओलीले उम्मेदवारी दिएका छन्। केहीबेरअघि मनोनयन दर्ता स्थल पुगेर ओलीले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। आइतबार दिनभर सहमतिको रस्साकस्सीपछि मध्यरातमा पदाधिकारीको नाम सार्वजनिक गरिएको थियो। सहमतिबाहेकका अन्य पदमा आज निर्वाचन हुन लागेको हो। 

अध्यक्ष ओलीसँग निवर्तमान उपाध्यक्ष भीम रावलले प्रतिस्पर्धा गर्नेछन्। यसअघि नै उनले उम्मेदवारी दर्ता गराएका छन्। साढे १० बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने विहान साढे १० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिऐ। साढे १० देखि पौने ११ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइएको छ।

मध्याह्न १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र राति ९ बजेदेखि मात्रै मतदान सुरु हुने निर्वाचन आयोगको कार्यतालिका छ। मतदानको समय भोलि बिहान ३ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि मतगणना हुनेछ। अध्यक्षमा १५ हजार, पदाधिकारीमा १० हजार, केन्द्रीय सदस्यमा ५ हजार, आयोग अध्यक्षमा १० हजार, पदाधिकारी तथा सदस्यमा ५ हजार शुल्क तोकिएको छ।

सम्बन्धित समाचार