२०८३ बैशाख ६ गते , आईतबार

दमकमा फेरि सात जुवाडे पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १३ गते , सोमबार
दमकमा फेरि सात जुवाडे पक्राउ
झापा । दमकको होटेलमा जुवा तास खेलिरहेका ७ जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा होटेल सञ्चालक पाँचथर मिक्लाजुङ गाउँपालिका ३ घर भई हाल दमक- ६ बस्दै आएका ५० वर्षीय पवन लिम्बु , दमक १ का ३५ वर्षीय भक्तीश्वर देवान, दमक- २ का ४५ वर्षीय प्रमोद लिम्बु, सोही ठाउँका ३५ वर्षीय रमेश महतो, पाँचथर फाल्गुननन्द गाउँपालिका- ८ का ४२ वर्षीय बबिन सुब्बा आङदेम्वे इलाम चुलाचुली गाउँपालिका- १ का ४३ वर्षीय रूपचन्द्र राई र मोरङ पथरीशनिश्चरे १ का ४७ वर्षीय राजकुमार श्रेष्ठ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार दमक- ६ फाल्गुननन्द चोकस्थित परदेशी होटेलको कोठाभित्र जुवाजन्य तास खेलिरहेको गोप्य सूचनाको आधारमा  इलाका प्रहरी कार्यालय दमकबाट खटिएका प्रहरी टोलीले सोमबार साँझ छापा मारेको थियो । प्रहरीले सात जुवाडेसहित प्रहरीले सात जुवाडेसहित नगद १ लाख ५७ हजार र तीन बुङ तास समेत बरामद गरेको छ । यसअघि पनि दमकबाट १९ जना जुवाडे पक्राउ परिसकेका छन् । 

सम्बन्धित समाचार