२०८३ बैशाख १० गते , विहीबार

मेचीनगरमा ब्राउन सुगरसहित एक महिला पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १४ गते , मंगलबार
मेचीनगरमा ब्राउन सुगरसहित एक महिला पक्राउ
झापा। मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट लागु औषध ब्राउन सुगरसहित महिलालाई पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका ३ की २४ वर्षीया सरिता विश्वकर्मा रहेकी प्रहरी कार्यालय झापाले जनाएको छ । 
लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले सीमा नाकामा चेकजाँच गर्दा महिला  विश्वकर्माले आफ्नी ८ वर्षीया छोरीको साथमा लुकाइछिपाई ल्याएको  २ ग्राम ब्राउन सुगर फेला परेको थियो । ब्राउन सुगरसहित पक्राउ परेकी उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धानका लागि राखिएको छ ।

सम्बन्धित समाचार