२०८३ बैशाख १४ गते , सोमबार

दम्पती नै पराजित, भीम सचिवमा र पत्नी निरा केन्द्रीय सदस्यमा

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १४ गते , मंगलबार
दम्पती नै पराजित, भीम सचिवमा र पत्नी निरा केन्द्रीय सदस्यमा

झापा । नेकपा (एमाले) को दशौँ महाधिवेशनमा चुनाव लडेका एमाले पूर्व सचिव भीम आचार्य दम्पती नै पराजित भएका छन् । सात सचिवका लागि भएको चुनावमा भीम आचार्यले आठौँ धेरै मत ल्याए । आचार्यको मत ७८८ आयो भने उनी भन्दा थोरै कम चीनका लागी पूर्व नेपाली राजदूत टंक कार्कीको ५५९ मत भएको थियो ।

भीम आचार्य पत्नी निरा खनाल समेत चुनावमा हारेकी छन् । प्रदेश १ महिला सदस्यको उम्मेदवार रहेकी खनालले ६१४ मत प्राप्त गरिन् । उनको जित सुनिश्चित भएन । ३० पदको लागी भएको चुनावमा प्रदेश १ महिलातर्फ झापाको कमल गाउँपालिकाकी प्रमुख मेनुका काफ्ले, धरानकी उपमेयर मञ्जु भण्डारी र पूर्व प्रदेश मन्त्री उषाकला राई विजयी भए । नेपाल प्रेसबाट साभार

सम्बन्धित समाचार