२०८३ बैशाख १४ गते , सोमबार

प्रदेश १ कांग्रेस महाधिवेशन : ९७ प्रतिशत मत खस्यो, आइतबार मतगणना

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १८ गते , शनिबार
प्रदेश १ कांग्रेस महाधिवेशन : ९७ प्रतिशत मत खस्यो, आइतबार मतगणना

झापा । नेपाली काङ्ग्रेस प्रदेश १ को नेतृत्वका लागि भएको निर्वाचनमा ९७ प्रतिशत मत खसेको छ। मतदानमा १ हजार ७ सय ५३ मत खसेको मतदान अधिकृत भरतबहादुर थापाले जानकारी दिए।

उनका अनुसार मतगणना भने आइतबार बिहान ८ बजेबाट सुरु हुनेछ। १४औँ महाधिवेशनअन्तर्गत भएको पहिलो प्रदेश अधिवेशनबाट नेतृत्व छनोटका लागि शनिबार मतदान भएको थियो। प्रदेश १ मा १ हजार ८ सय ५ जना मतदाता थिए। शनिबार बिहान ८ बजेबाट सुरु गर्ने निर्वाचन तालिका भए पनि मतपत्रमा तीनजना उमेदवारको नाम छुटेपछि निर्वाचन सुरु हुन ढिलो भएको थियो। प्रदेश १ अधिवेशनमा संस्थापनइतर पक्षबाट गुरुराज घिमिरे र संस्थापन पक्षबाट उद्धव थापा उम्मेदवार बनेका छन्। 

सम्बन्धित समाचार