२०८३ बैशाख १० गते , विहीबार

दमकका पराजुलीको हत्या गर्ने लिम्बु पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ पौष ३ गते , शनिबार
दमकका पराजुलीको हत्या गर्ने लिम्बु पक्राउ
झापा। गत बुधवार दमकमा भएको हत्याको घटनामा संलग्न दमक १ का २० वर्षीय अर्जुन लिम्बू पक्राउ परेका छन् । लिम्बुलाई दमक प्रहरीले पुस १ गते पक्राउ गरेको हो ।

उनलाई झापा प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । दमकको घिमिरे मार्केटमा कार्यरत तेज प्रसाद पराजुलीको बुधवार साँझ हत्या भएको थियो । ३ महिनाअघि उनीहरू बिच सामान्य विवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पराजुली दमकको एक फेन्सी पसलमा काम गर्दै आएका थिए । बिना कारण कुटपिट गरेकाले लिम्बुले पराजुलीलाई पानी भर्न गएको अवस्थामा घाटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । प्रहरी उपरीक्षक भट्टराईका अनुसार लिम्बू विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

सम्बन्धित समाचार