२०८३ बैशाख १० गते , विहीबार
बलात्कार मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
झापा । जबरजस्ती करणी (बलात्कार) मुद्दाका एक जना फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक जुरोपानी गाविस ९, हाल बाह्रदशी गाउँपालिका ४ का ४२ वर्षीय विष्णु प्रधान श्रेष्ठ रहेका छन् ।
पुनरावेदन अदालत, इलाम इजलासको २०६६ असार ३० गतेको फैसला बमोजिम जबरजस्ती करणी मुद्दा शीर्षकमा ५ वर्ष कैद सजाय ठहर गरिएका श्रेष्ठ हालसम्म फरार रहेका थिए ।सर्वोच्च अदालत निर्देशनालयद्वारा गठित फैसला कार्यान्वयनको लागि जिल्ला प्रहरी कार्यालय।झापाबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो । उनलाई अदालतको आदेशले कारागार पठाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वसन्त पाठकले बताए ।