२०८३ बैशाख १० गते , विहीबार

चारआली जंगलबाट भरुवा बन्दुक, बारुद र खुकुरी फेला

sajilo news
पार्थ मण्डल
२०७८ पौष ५ गते , सोमबार
चारआली जंगलबाट भरुवा बन्दुक, बारुद र खुकुरी फेला

झापा । नेपाली सेनाले झापाको मेचीनगर- १३ स्थित चारआली जंगलबाट एउटा भरुवा बन्दुक, खुकुरी र बारुद फेला पारेको छ । 

नेपाली सेनाको नयाँ श्रीनाथ गणदेखि ५०० मिटर दक्षिणतर्फको जंगलभित्र सोमबार बिहान पौने ८ बजे दुई जना व्यक्ति बसिरहेको देखेपछि नेपाली सेनाको गस्ती टोली त्यहाँ पुगेको थियो । सेनालाई देखेपछि ती व्यक्ति त्यहाँबाट भागेको र घटनास्थलबाट बारुद लोड गरिएको एउटा भरुवा बन्दुक, बन्दुकमा प्रयोग गरिने दुई थान सिसाका डल्ला, एउटा खुकुरी, बारुद दुई पोका, सलाई र कम्मर पेटी बरामद गरिएको नयाँ श्रीनाथ गण प्रमुख सेनानी अमर जङ्ग थापाले जानकारी दिए ।

'सेनालाई देखेपछि बन्दुकसहितको सामान झाडीमा फालेर ती व्यत्तिहरु भाग्न सफल भयो,' प्रमुख सेनानी थापाले भने,' जंगल क्षेत्रमै सेनाको ब्यारेक रहेको र बेला बेला ब्यारेकभित्रै बन्दुक पड्केको आवाज आउन थालेपछि सेनाले जंगलभित्र गस्ती बढाएको हो ।' 

'जंगलभित्र शिकार खेल्न हातहतियारसहित शिकारी आउने गरेको र भागेका व्यक्ति पनि शिकारी हुनु पर्छ,' उनले भने । यता बरामद गरिएको बन्दुकसहितको सामग्रीहरू वन कर्मचारी र प्रहरीले मुचुल्का उठाएर लगिसकेको उनको भनाई छ ।


सम्बन्धित समाचार