२०८३ बैशाख १० गते , विहीबार

शिशुको हत्या गरेको आरोपमा दुईजना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ पौष ६ गते , मंगलबार
शिशुको हत्या गरेको आरोपमा दुईजना पक्राउ

झापा । मोरङको रँगेली नगरपालिका २ का चन्द्र उराउको २१  महिनाकी छोरी युनिसा उराउलाई हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा  रँगेली  नगरपालिका- २ का  ४६ वर्षीय सैनी उराउ र सोही ठाउँका ३५ वर्षीया सङ्गीता उराउ रहेको प्रहरीले जनाएको छ ।  गत मङ्सिर २६ गते युनिसा उराउ घरबाटै बेपत्ता भएकी थिइन । 

उनको खोज तलासको क्रममा इलाका प्रहरी कार्यालय रँगेलीबाट खटिएको प्रहरी टोलीले युनिसाको लास घर नजिकै पैनीमा गाडेको अवस्थामा मङ्सिर २८ गते फेला परेको थियो । घटनामा संलग्न दुवै जनालाई  मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार