सशस्त्रद्वारा काँकडभिट्टामा कारसहित २४ लाखको लत्ताकपडा र जुत्ता चप्पल बरामद
झापा । सशस्त्र प्रहरीले कारसहित २४ लाखको लत्ताकपडा र जुत्ता चप्पल बरामद गरेको छ । पूर्वीनाका काँकडभिट्टा आसपास क्षेत्रबाट भन्सार छलेर नेपाल भित्राइएको सो मुल्य बराबरको लत्ताकपडा र जुत्ता चप्पल सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरी टोलीले शनिवार राती १० बजे बरामद गरेको हो ।
सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा पूर्व–पश्चिम राजमार्ग अन्तरगत मेचीनगर– ६ स्थित टोकला चिया बगान अगाडीमा पश्चिमतर्फ गइरहेको बा १५ च २७८४ नम्बरको कारलाई रोकेर चेकजाँच गरेका थिए ।
कारभित्र प्यालिष्टकको बोरामा प्याक गरी लैजान लागेका विभिन्न प्रकारका लत्ताकपडा र लेडिज जुत्ता चप्पल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको लत्ताकपडा, जुत्ता चप्पल र कारलाई २४ लाख मूल्याङ्कन तोकेर आइतबार मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको जनाइएको छ । पछिल्लो समयमा पूर्वी नाकाबाट तस्करी गतिविधि मौलाएपछि प्रहरीले सक्रियता बढाएको हो ।