२०८३ बैशाख १० गते , विहीबार

जग्गा विवादपछि आमाको हत्या, छोरा पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ माघ १८ गते , मंगलबार
जग्गा विवादपछि आमाको हत्या, छोरा पक्राउ
झापा । जग्गा विवादपछि आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।  मोरङको पथरी-शनिश्चरे नगरपालिका- २ का ४८ वर्षीय कमल श्रेष्ठले आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार माघ १२ गतेदेखि घरबाट हराएकी भनिएकी वृद्धाको हत्या पछि जलाएको भन्ने सूचनाको आधारमा सूक्ष्म अनुसन्धान गरेपछि श्रेष्ठलाई सोमबार दिउँसो इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले पक्राउ गरेको थियो । 
पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाइहरूलाई समेत थाहा नै नदिई आफ्नो श्रीमतीको नाममा पास गरेको थियो । त्यसपछि अदालतमा मुद्दा परेको र अदालतले उक्त जग्गा मध्ये  ५ कट्ठा जग्गा आमाको नाममा रहने गरी फैसला सुनाएको थियो । सोही आवेगमा छोराले आमाको हत्या गरेको  प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार