२०८३ बैशाख १० गते , विहीबार
बिर्तामोडमा ब्राउन सुगर सहित दुई जना पक्राउ
झापा । बिर्तामोड नगरपालिका- ४ स्थित ओमशान्ति टोलबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ ६ बजे बिर्तामोड- ४ ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ वर्षीया हसिना मण्डल र बिर्तामोड- ५ का १८ वर्षीय अर्वाज खानलाई ३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ ।