२०८३ बैशाख १० गते , विहीबार

मोरङ उखुबारी हत्याकाण्ड : थप दुई जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ माघ २२ गते , शनिबार
मोरङ उखुबारी हत्याकाण्ड : थप दुई जना पक्राउ

मोरङ । मोरङ उखुबारी हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका वडा नं।३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवान्गन्ज गाउँपालिका वडा नं ६ जिरोगौवा बस्ने १८ वर्षीय एक जना युवक छन्।

प्रहरीका अनुसार उनीहरू ुलो प्रोफाइलुका मान्छे हुन्।  उनीहरू लो प्रोफाइलमा मान्छे हुन्। थोरै पैसा भए पनि लोभिएर हत्यामा संलग्न भएको देखिन्छ’, प्रहरी उपरीक्षक जनार्दन जिसीले भने।

उनीहरूलाई सप्तरीका शम्भुकुमार चौधरी र सुनसरीका राजेन्द्रकुमार श्रेष्ठको हत्या गरी खाल्डो खनी गाडेको कसूरमा प्रहरीले शुक्रबार विराटनगरबाट पक्राउ गरेको जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सम्बन्धित समाचार