२०८३ बैशाख १० गते , विहीबार

झापामा ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ माघ २२ गते , शनिबार
झापामा ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ
झापा । झापामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका- १५ मा प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट ज्यामिरगढीबाट खटिएका संयुक्त गस्ती टोलीले शनिवार दिउँसो ३ बजे भारत दार्जिलिङ पञ्चायत बतासे चुनिलाल गाउँ बस्ने अन्दाजी २५ वर्षीय मोहम्मद सुलतान र सोही ठाउँका अन्दाजी २७ वर्षीय रञ्जित गणेशलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

शङ्का लागेर चेकजाँच गर्दा सुलतानको साथबाट १५ ग्राम ब्राउन सुगर बरामद गरी दुवै जनालाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार